Sunday, March 17, 2019

कपिलवस्तुको शिवराज मा गर्भवती पहिचानका लागी घरमा निलो झण्डा राखिने


कपिलवस्तुको शिवराज मा गर्भवती पहिचानका लागी घरमा निलो झण्डा राखिने  
       अराज बेल्बासे ,कपिलबस्तु चैत २ गते
               कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा सहजै गर्भवतीको घर पहिचानका लागि झण्डा राखिने भएको छ । बालमैत्री असल शासन वडा घोषणामा सहयोगका लागि यस्तो अभियान संचालन गर्न लागिएको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले बताउनु भयो ।

गर्भवती महिला सुत्केरी नहुन्जेलसम्म घरको धुरीमा निलो रङको झण्डा लगाए पछि यसबाट गर्भजाँच सेवामा प्रोत्साहन, सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचान र योजना निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको पौडेलले बताउनु भयो ।
अहिलेसम्म शिवराज १ मा गर्भवती महिलाको संख्या ६० रहेको छ साथै नियमित जाँचमा नआउने गर्भवतीहरु समेत रहेको हुन सक्ने भएकोले पनि जाँचमा आउने गर्ववतीलाइ निलो झण्डा दिइने भएको हो ।
गर्भवती घर पहिचानका लागि एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य अर्जुन कुमार केसी, नगर प्रमुख नेत्रराज अधिकारी र वडा १ का वडाध्यक्ष जगतबहादुर जिसीले संयुक्त रुपमा झण्डा अनावरण गर्नु भएको थियो ।

No comments:

Post a Comment