Tuesday, March 19, 2019

कपिलवस्तुको वनकासवासाका अग्नी प्रभावीतलाई नेपाली काँग्रेस कपिलवस्तु द्धारा ५० हजार बराबरको जस्तापाता वितरण ।।

कपिलवस्तुको वनकासवासाका अग्नी प्रभावीतलाई नेपाली काँग्रेस कपिलवस्तु द्धारा ५० हजार बराबरको जस्तापाता वितरण ।। 
नवराज पौडेल 
चैत ३ गते आईतबार

        कपिलवस्तुको शिवराज नगरपालीका १ वनकसवासामा आगलागीवाट विच्चलीमा परेका अग्नी पिडीतहरुलाई नेपाली काँग्रेस कपिलवस्तुले राहत वितरण गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति एवंम पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चाय सहितको टोली पुगेर राहत वितरण गरेको हो ।आगलागी भएपछि वस्ने खाने ग्यारेन्ण्टी नभएका
अग्नी पिडीतहरुलाई केही राहत स्वरुप ४ जनालाई १० पाता का दरले ४० थान करिव ५० हजार वरावरको जस्तापाता वितरण गरेको वताएको छ । यस अघि आगलागीवाट घर गोठ जलेको खवर संचारमाध्यमवाट सुने लगतै तरुण दलले पनि राहत संकलनको काम अगाडी बढाई राहत वितरण गरेको थियो ।
सभापति आर्चायले घटनास्थलमा पिडीतको विचल्ली देखेर दुख लागेको वताउनुभयो । उहाले पिडामा थोरै भएपनि मलम लगाउन राहत लिएर आएको वताउनु भयो ।दुखी पिडितका जनतालागी नेपाली काँग्रेसले सदैव सहयोग गर्ने बताउनु भयो । आगलागीवाट पिडीत भएका परिवारलाई छिटो छरितो र पटक पटक राहत वितरण गरेको प्रति नेपाली काग्रेंसका युवा नेता अजय थापाले धन्यावाद व्यतm गर्नुभयो । थापाले दुखको समयमा साथ दिनु भनेको नै शेवा भएको वताउदै अग्नी पिडीतहरुलाई राहतको लागी अन्य निकायलाई पनि सहयोग गर्न आवाहान गर्नुभयो । 

नेपाली काँग्रेसको टोलीले विगतमा पनि दुखमा परेकाहरुलाई साथ दिदै आएको जिल्ला सचिव प्रेम बहादर रायमाझीले बताउनु भयो । राहत वितरण कार्यक्रम मा जिल्ला सभापति एवंम पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चाय, जिल्ला सचिव प्रेम वहादुर रायमाझी,युवा नेता अजय थापा, हरि पोख्रेल, इश्वरी पाण्डे, गोविन्द के.सी, वाइपी पौडेल, सोनु सारु कृष्ण थापा, मोहोमद खाँ लगाएको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment