Tuesday, March 19, 2019

कपिलबस्तुमा पहिलो पटक निग्रोधाराम उत्सव हुने भएको छ ।।

                                                                    कपिलबस्तुमा पहिलो पटक निग्रोधाराम उत्सव हुने भएको छ ।।
सोमबार, चैत ४, २०७५,
      भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरे पछि आफना मातापितालाई भेट गरेको स्थान निग्रोधाराम(कुदान) मा पहिलो पटक निग्रोधाराम उत्सव हुने भएको छ ।
उत्सवलाई प्रदेश नं. ५ का पर्यटन मंत्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको लुम्विनी विकास कोषले जनाएको छ
। उत्सवको अवसरमा कुदान क्षेत्रमा वौद्ध पुजा, दिप प्रज्जवलन, बौद्ध सम्वन्धी नाटक, बुद्ध गृहनगर प्रवेश गरेको स्मरणमा अविर उत्सव लगायतका कार्यक्रमहरु संचालन गरिने कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताए ।
निग्रोधाराम बौद्ध धर्म दर्शनको एक पवित्र स्थल हो । गौतम बुद्धले बुद्धत्व प्राप्त गरे पछि कपिलवस्तु फर्कदा पिता राजा शुद्धोधनले पहिलो पटक गौतम बुद्धलाई कुदानमा नै भेट गरेका थिए । चिनियाँ यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरे पछि कुदानमा राजा शुद्धोदनलाई दर्शन दिई पत्नी यशोधरा, ठुली आमा प्रजापति र छोरा राहुल लगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराईएको पुस्तकहरुमा उल्लेख गरेको पाईन्छ ।
त्यस्तै यहा देबदत्त र सिद्धार्थ बीच हाँसको बिषयलाई लिएर बिबाद हुदा यसै स्थानमा राजा शुद्धोधनले न्याय दिईएको वौद्धकालीन ईतिहासमा उल्लेख गरिएको छ ।
उत्सवलाई विशेष रुपमा वडाले पनि सघाउ गर्ने वडा अध्यक्ष राम भजन कलवारले बताए । उत्सवको आयोजनाबाट आफ्नो वडामा रहेको यो स्थलको बौद्धकालीन पुरातात्विक महत्वको बारेमा प्रचार प्रसार हुने र पर्यटन प्रवर्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष कलवारले बताए ।
लुम्विनी विकास कोषको आयोजना र कपिलवस्तु नगरपालिका, यशोधरा गाउंपालिका, कपिलवस्तु नगरपालिका वडा नं. २ को सहआयोजनामा चैत्र ६ गते पूर्णिमाका दिन बुधबार उत्सवको आयोजना गरिएको हो ।

No comments:

Post a Comment