Sunday, May 12, 2019

कृषिमन्त्री कै गृह जिल्लाबाट अवैध मल बरामद, दुई ट्रक सहित १३२ टन मल नियन्त्रणमा

कृषिमन्त्री कै गृह जिल्लाबाट अवैध मल बरामद, दुई ट्रक सहित १३२ टन मल नियन्त्रणमा

२९ वैशाख,कपिलवस्तुरसायनिक मलको देशैभर हाहाकार मच्चिरहेको बेला कपिलवस्तुमा १ सय ३२ टन चाईनिज युरिया मल फेला परेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालकै गृह जिल्लाको पश्चिमी क्षेत्र शिवराज नगरपालिका– ७ स्थित २ वटा प्लाई उड उद्योगमा झार्न लागेको मल स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । अनुदानको मल दुरुपयोग गरेर उद्योगमा शनिवार बिहान ट्रकबाट झार्न लागिएको अवस्थामा सो मल फेला पारिएको हो ।जिल्ला प्रहरीले सो मल सहीत ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले पशुपति प्लाई र जय अम्बे प्लाई उद्योग परिसरबाट ६ वटा भारतीय मालबाहक ट्रक सहीत सो मल नियन्त्रणमा लिइएको हो । कृषि प्रयोजनका लागि प्रयोग हुने चाईजिन युरिया मल ती दुई उद्योगमा भित्राईएको बिशेष सुचनाका आधारमा स्थानीय प्रशासनकोउद्योगका संचालकहरुलाई सो बिषयमा फाईल र आवश्यक कागजातहरु सहीत प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिईएको प्रजिअ पोख्रेलले बताए । ती दुबै उद्योगमा ५० केजीका १३ सय २० बोराका दरले मल भित्राईएको हो । पशुपति प्लाई उद्योगमा एनएल ०१ एबी ५४४८, एनएल ०१ एबी १७३८ र डब्लु बि ११ टी ७००५ नम्बरको मालबाहक ट्रकमा मल ल्याईएको थियो ।यस्तै जय अम्बेमा एनएल ०१ जी ७५१२, एनएल ०१ जी ६२१२ र एनएल ०१ एबी १७४८ नम्बरको मालबाहक ट्रकमा मल भित्राईएको थियो । ईलाका प्रशासन चन्द्रौटाका प्रमुख अर्याल अनुसार जय अम्बेमा ट्रकबाट ४ सय ४० बोरा र पशुपतिमा ६ सय बोरा मल गोदामामा झरि सकिएको थियो । मल राखिएको गोदाममा शीलबन्दी गरिएको उनले बताए । झर्न बाकी रहेको मल र ट्रकलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा नियन्त्रणमा राखिएको उनले बताए ।उता पुशपति प्लाईका संचालक अशोक अग्रवालले आफुहरुले सबै प्रकृया पुरा गरेर चिनको संघाईबाट भारतका कलकत्ता हुँदै सुनौली नाकाबाट सो चाइनिज मल ल्याएको दाबी गरे

निर्देशन पछि मल नियन्त्रणमा लिईएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जगदीश अर्यालले बताए ।

No comments:

Post a Comment