Thursday, September 19, 2019

२२ वर्षदेखि वेपत्ता व्यक्ति गुगलमार्फत फेला

अमेरिका ।
 एक व्यक्तिले २२ वर्षदेखि वेपत्ता रहेका एक व्यक्तिलाई गुगलको सहायताले पत्ता लगाएका छन् ।
     
अमेरिकाको फ्लोरिडा राज्यका एक व्यक्ति गुगलमार्फत आफ्नो इलाकाको अध्ययन गरिरहेका थिए । त्यसक्षेत्रको गुगुल सर्च गरिरहँदा उनले एक तलाउमा मान्छेको अस्तिपञ्जर भएको पत्ता लगाए र सम्बन्धित अधिकारीलाई जानकारी गराइदिए ।
अधिकारीहरुले त्यसक्षेत्रमा खोजी गर्न गए र तलाउक्षेत्रबाट मानिसको अस्थिपञ्जर उत्खनन् गरी निकाले । अस्थिपञ्जरबारे अनुसन्धन गर्दा २२ वर्ष अगाडि वेपत्ता रहेका एक व्यक्तिको भएको पुष्टि भएकाे विदेशी समाचार संस्थाहरूले बताएका छन् ।
विलियम नामका ति व्यक्ति सन् १९९७ देखि वेपत्ता रहेका थिए ।

No comments:

Post a Comment