Sunday, February 16, 2014

विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव सन्धिखर्क लगियो

विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव सन्धिखर्क लगियो
५ फागुन,  । अर्घाखााचीको ढिकुरा गाविस ८ मसिनेलेकमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शवलाई सदरमुकाम सन्धिखर्क ल्याइएको छ ।पहिलो पटक १० शवलाई ल्याएर घटनास्थल पुगेको हेलिकोप्टर बाँकी शव लिएर उडेको छ ।
सबै शवलाई सन्धिखर्चस्थित नेपाली सेनाको व्यारेकमा राखिनेछ ।स्रोतका अनुसार सन्धिखर्चबाट भने नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइनेछ । काठमाडौं ल्याएपछि शवको शिक्षण अस्पतालमा पोष्टमार्टम हुनेछ ।नेपाली सेनाको ट्वीनअटर विमान आइतबार दिउँसोबाट हराएको थियो । सोमबार विहान नेपाली सेनाको हेलिकोप्टरले विमान देखेपछि उद्दार टोली पुगेको थियो ।

No comments:

Post a Comment