Friday, June 27, 2014

कपिलवस्तुको शिवराज नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउने

शिवराजलाई उत्कृष्ट नगरपालिका बनाउने
सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु) १३ असार ।
कपिलवस्तुको शिवराज नगरपालिकालाई उत्कृष्ट नगरपालिकाबनाउने एक कार्यक्रममा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल सरकारद्वारा हालै घोषित शिवराज नगरपालिकाको चन्द्रौटास्थित नगरपालिकाको सभाहलमा सम्पन्न पहिलो बैठकमा सहभागी सरोकारवालाहरुले शिवराजलाई उत्कृष्ट नगरपालिका बनाउने प्रतिबद्धता जनाएका हुन् । नेपालमा नवघोषित ७२ वटा नगरपालिकामध्ये शिवराज नगरपालिका छोटो समयमा नै पहिचान बनाउन सफल भएकाले सबै मिली यसको चौतर्फी विकासमा हातेमालो गरी अगाडि बढ्ने सरोकारवालाले सहमति जनाएका हुन् ।
शिवराज नगरपालिकाका कार्यकारी अधिकृत निरज भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले नगरपालिकाको नियमित कार्य सञ्चालन, विकास, सेवा सुविधा लगायतका विषयमा छलफल गरी निर्णय पारित गरेको बताइएको छ । देशैभरि नयाँ थपिएका ७२ वटा नगरपालिकामध्ये शिवराज नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउने सर्वपक्षीय सहमति भएको नगरपालिकाका प्रशासकीय प्रमुख गणेश भण्डारीले जानकारी दिए । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभगिता रहेको थियो ।

No comments:

Post a Comment