चन्द्रौटा(कपिलवस्तु), २४ साउन ।
कपिलवस्तुमा रहेका सम्पूर्ण ट्रेक्टर व्यावसायीहरुले हिजो विरोध ¥याली निकालेका छन् । ट्रेक्टर व्यावयीहरुले ¥याली
पछि गोरुसिगेमा कोण सभामा बोल्दै टेक्टर धनिहरुले आफ्नो मागहरुकोबारेमा सरकारले सम्बोधन नगरेको र प्रहरी प्रशासनले पनि पटकपटक अनावश्यक चेकजाच गदै टेक्टर व्यवसायिहरुलाई दुख दिएको टेक्टर महासंघका केन्द्रिय सल्लाहकार सत्तर खानले बताउनु भएको छ ।
¥यालीमा शिवराजनगरपालिका,तौलिहवा,रुपन्देहीका करिब ३ सय टेक्टर धनिहरुको सहभागिता रहेको थियो । आफुले लागानी गरी खरिद गरेको टेक्टरले ढुवानीबाट कमाई गर्न पाउनुपर्ने व्यवसायि देविराम अधिकारीले बताउनुभएको छ ।
सो विरोध ¥यालीमा नेपाल किसान टेक्टर व्यवसायि संघ वरिष्ट अध्यक्ष गिरीराज बस्नेतले आफ्नो व्यवसायलाई कुनै रोक छेक विना टेक्टर संचालन गर्न पाउनु पर्ने र प्रहरी प्रशासनले गर्ने अनावश्यक चेकजाँच कम गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
No comments:
Post a Comment