Sunday, August 10, 2014

कपिलवस्तुमा पिडित शिक्षक एवम बिधालय कर्मचारी १३ सदस्यिय संघर्ष समिती गठन

चन्द्रौटा(कपिलवस्तु), २४ साउन ।आफना पेशागत सुरक्षाका लागी भन्दै कपिलवस्तुमा १३ सदस्यिय पिडित शिक्षक एवम बिधालय कर्मचारी संघर्ष समिती गठन गरिएको छ । मनोज कुमार ओझाको संयोजकत्वमा गठित समितीमा बिकान्त मिश्र उपसंयोजक, अर्जुन खनाल सचिव, कमला भण्डारी सहसचिव, गंगाराम यादव कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः प्रमोद कुमार मिश्र, लिना श्रेष्ठ, मोहम्मद सलिम, दिलिप कुमार
सिंह, रामसरन चौधरी, पारस हरिजन, लेखनाथ घिमिरे र ओमप्रकाश पाण्डे रहेका छन । गठित समितीले जिल्लाका सञ्चार माध्यम, पेशागत शिक्षक संघ संगठन तथा जिल्लाका राजनैतिकदललाई ज्ञापनपत्र दिने निर्णय गरेको छ ।
त्यसै गरि श्रावण २६ गते सोमबार देखि जिल्लाका बिधालयहरु अनिश्चितकालका लागी बन्द गरि जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने निर्णय गरिएको संघर्ष समितीका सचिव अर्जुन खनालले जानकारी दिए । कुनै पनि बाहानामा बिधालयमा कार्यरत शिक्षक हटाउन नमिल्ने माग सहित आफुहरु सघर्षमा उत्रिएको जनाउदै आफनो पेशागत सुरक्षाका आन्दोलनका चरण अगाडी बढाउने संघर्ष समितीका संयोजक मनोज कुमार ओझाले बताए । उनले सरकारले शिक्षक सेवा आयोग मार्फत छनौट गरेकालाई नयाँ दरबन्दी दिई पुरानालाई हटाउनका लागी गरेको निर्णय परिमार्जन गर्नु पर्ने बताए । अस्थाई दरबन्दी सहित पिसीएफ, बालबिकास लगायतमा बिधालयमा रहेका कर्मचारीका लागी दरबन्दी कायम गरिनू पर्ने उनको माग थियो । “सरकार एकातिर बेरोजगार युवालाई रोजगारी दिने भन्छ । अर्का तर्फ दोहोरो निती ल्याएर युवाहरुलाई नै बेरोजगार बनाउन खोज्छ । के यो जायज छ ?” ओझाले भने । उनले आफना आन्दोलनको चरण अन्तर्गत सोमबारबार हुने अनिश्चितकालिन बिधालय बन्दमा सहयोग गरिदिन सबै पक्षलाई आग्रह गरे । आफुहरुको आन्दोलनलाई क्रियाशिल बनाउन पुर्णानन्द मिश्र, रामउग्र कुर्मी, रेशमलाल गैह्रे, बिमल आचार्य, परमेश्वरदयाल मिश्र, बंशिधर हलवाई, परिपुर्णानन्द मिश्र, अनुप श्रीवास्तब, रामदास यादव र दिलीप गुप्ता गरि १० सदस्यिय सल्लाहकार समिती समेत चयन गरेको उनले जनाए ।

No comments:

Post a Comment