Tuesday, September 29, 2015

विप्लव माओवादीले भोलिदेखि भारतीयलाई ठोक्ने !

Netra-bikram-chand-biplopकाठमाडौं, १० असोज । मधेसी दलहरूको आग्रहमा नेपालमाथि अघोषित नाकाबन्दी गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई गुड्न नदिने जनाएको छ ।

माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर भारतीय नम्वर प्लेटका सवारी साधनहरूलाई भोलि सोमबारदेखि गुड्न नदिने चेतावनी दिनुभयो ।


‘नेपालको स्वाधीनता, सार्वभौमता र अखण्डतामाथि आक्रमण गर्ने भारतीयविरुद्ध हाम्रो आन्दोन सुरु भयो’, उहाँले भन्नुभयो, ‘भारतीय पक्षले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका विरुद्ध कडा रुपमा प्रस्तुत हुन्छौँ ।’

विप्लव माओवादीले भोलिदेखि भारतीय नम्वर प्लेट, चलचित्र, विज्ञापन र टेलिभिजन च्यानलहरूमा अबरोध गर्ने जनाएको छ ।

त्यसका लागि विप्लव माओवादीले फिल्महल, विज्ञापन एजेन्सी र सम्बन्धित निकायसँग भारतीय सामाग्री भएका फिल्म र विज्ञापन प्रसार नगर्न आग्रह गरेको प्रवक्ता विश्वकर्माले बताउनुभयो ।

उहाँले भारतविरुद्धको आन्दोलनमा सहयोग गर्न सबैलाई अपील गर्नुभयो । प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘आजैदेखि हाम्रो आन्दोलन सुरु भयो । राष्ट्रिय स्वाधीनताका लागि ज्यान दिनुपरे पनि दिन तयार छौँ ।’

Khadak-Bishwakarma-z

प्रमुख दलहरूले जनविरोधी संविधान जारी गरेको बताउनुभएका प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘जस्तो संविधान ल्याए पनि त्यो हाम्रो आन्तरिक मामिला हो । हाम्रो आन्तरिक मामिलामा भारतले बोल्न पाउँदैन ।’

विप्लव माओवादीले मुलुकभित्रको आन्तरिक आपूर्ति व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । भारतसँगको आर्थिक नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने जनाएका प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘अब मुलुकले अन्य छिमेकीहरूसँग पनि विकल्प खोज्नुपर्छ ।

No comments:

Post a Comment