Friday, October 2, 2020

स्वामित्व विहिन ,पूर्जाविहिन शहर नै राजधानि वन्दै : भालुबाङ

भालुबाङ (दाङ) : दाङको पूर्वीनाका भालुवाङमा सहरीकरण तीव्र रूपमा भइरहेको छ। पूर्वाधार निर्माणमा करोडौं खर्च भइसकेको भालुवाङ कसैको स्वामित्वमा छैन। तर भालुवाङमा अर्बौं लगानीका संरचना तयार भइसकेको छ।


जिल्लाको एउटा स्थापित बजारका रूपमा पहिचान बनाइसकेको भालुबाङ बजारको मुख्य सहर नै ‘लालपुर्जाविहीन छ। घरमालिकसँग कुनै स्थायी प्रमाण छैन, न जग्गाको छ। कोहीकोहीसँग नगर विकासले दिएको एउटा रसिद मात्र छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने भालुवाङ राप्ती गाउँपालिकामा पर्छ। चार दशकअघि सामान्य ‘चिया झुपडी’ बाट सुरु भएको भालुवाङमा अहिले १० तलासम्मका महल ठडिएका छन्।

भालुवाङ बजार क्षेत्रको सम्पूर्ण जमिन वनको नाममा छ। वनको जग्गा अतिक्रमण गरेर बस्ती बसेको र त्यसको हस्तान्तरण प्रक्रिया नहुँदा लगानी जोखिममा छ।

भालुवाङवासीले जमिन र घरको स्वामित्व नभए पनि उधारो लगानी गरिरहेका छन्। बजारमा दिनमै करोडौं कारोबार गर्ने राष्ट्रिय स्तरका निजी बैंक स्थापित भइसकेका छन्। नागरिकको पूर्वाधारमा लगानी पनि बढिरहेको छ। सरकारी संरचनासमेत यस क्षेत्रमा स्थापना गरिएको छ। तर पनि स्वामित्व प्रदान गर्न सम्बन्धित निकाय तयार छैन।

भालुवाङ रोल्पा, प्युठान, अर्घाखाँची र पूर्व दाङ देउखुरीका बासिन्दाको प्रमुख व्यापारिक केन्द्र हो। बजार करिब ३१ बिघाभन्दा बढी जमिनमा फैलिएको स्थानीयको भनाइ छ। यहाँ एक हजार एक सय घरधुरी छन्। चार ४ सय व्यवसायी व्यवसाय गर्दै आएका छन्।

 बजार स्थापित भइसके पनि स्वामित्व पाउन नसकेको बजारमा लगानी बढिरहेको छ तर लगानीको सुरक्षा छैन। राज्यको निर्णय कुरेर बस्नुपरेको छ। बजारवासीले जग्गाको कर पनि तिर्छन्।


व्यापारीलाई अहिले बढी मार बैंकबाट ऋण खाँदा भएको छ। भालुवाङ बजारमा प्रतिमिटर जमिनको मूल्य करिब १५–२० लाख रुपैयाँ छ। तर ऋणका लागि व्यापारीसँग धितो राख्न जमिनको पुर्जा छैन। ‘यहाँ करोडौंको धनसम्पत्ति छ तर, हामीले बाहिर जग्गा किनेर ऋण खानुपरेको छ  सबैभन्दा गाह्रो व्यापारीलाई भएको छ, व्यापार व्यवसाय बढाउन खोज्यो, राज्यले प्रमाण खोज्छ तर, हामी केही दिन सक्ने अवस्थामा छैन।

घरजग्गा किनबेचका लागि नगर विकास समितिले दिएको ३०५ रुपैयाँको रसिदलाई आधार बनाइन्छ। त्यस्तै नगर विकासले जमिनको वर्ग छुट्याएर कर लिने गरेको छ।


२०६८ सालमा राजनीतिक दल र स्थानीय बासिन्दा लालपुर्जा माग्दै वन मन्त्रालयमा पुगेका थिए। उनीहरूले लालपुर्जा नपाएको गुनासो प्रधानमन्त्रीसँग पनि गरेका थिए। वन मन्त्रालयले वनको जमिन त्यत्तिकै दिन नपाइने तर, त्यसको सट्टा नम्बरी जमिन दिएमा भालुबाङ बजारको जमिन व्यक्तिका नाममा दिन सकिने जबाफ दिएको थियो। अनि यहाँका स्थानीयले रकम उठाएर बजारदेखि केही माथि पहाडी गाउँमा बजार क्षेत्र बराबरको जमिन किनेर सरकारलाई बुझाउने तयारी पनि गरेका थिए। तर, राजनीतिक दलहरुको खिचातानीले दल र स्थानीयबीचको दूरी बढायो र त्यो काम अघि बढ्न सकेन। स्थानीयबाट उठाएर दलका प्रतिनिधिले जग्गाको लालपुर्जा ल्याइदिन्छौं भन्दै लाखौं रुपैयाँ भागबन्डा गरेको उजुरी अख्तियारसम्म पुगेको छ।

‘अहिले जग्गालाई वैधानिक र दर्तावाल बनाउन न दलहरु अघि सरेका छन् न त यहाँका स्थानीयलाई विश्वासमा लिन सकेका छन्। यसैका कारण हामी अझैं पुर्जावाल हुनसकेको छैन ।             
   


लामो समयसम्म गुमनामजस्तै थियो दाङको भालुवाङ बजार । नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेपछि भालुवाङ एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएको छ ।

तर, यो कुरा दाङवासीका लागि सरप्राइज भने होइन । मुख्यमन्त्री शंकर पोखरेलले केही महिना अगाडिदेखि नै प्रदेश ५ को स्थायी राजधानीमा भालुवाङ बजारसमेत समेटिने संकेत दिइसकेका थिए ।

पोखरेलले ‘भर्जिन ल्याण्ड’मा राजधानी बन्ने बताउने गरेका थिए । भर्जिन ल्याण्ड भनेर उनले दाङको राप्ती गाउँपालिकामा पर्ने भालुवाङबजारसहित पूर्वको अर्घाखाँचीको शीतगंगा नगरपालिका र उत्तरको प्युठानको केही भूभागलाई समेट्ने संकेत दिइसकेका थिए ।

भालुवाङसँग जोडिएको अर्घाखाँची र प्युठानको भूगोल समथर छैन । त्यसैले तीनैवटा जिल्लालाई छोए पनि अन्ततः प्रदेश ५ को राजधानीको धेरै भाग भालुवाङसहित दाङको राप्ती गाउँपालिकामै बन्नेमा दाङवासी विश्वस्त छन् । राप्ती गाउँपालिकाको प्रमुख बजार भालुवाङ नै हो ।

प्रदेश ५ सरकारले शुक्रबार भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई स्थायी राजधानी बनाउने निर्णय गरेको छ । र, यो प्रस्ताव शुक्रबार नै प्रदेश सभामा दर्ता भइसकेको छ ।



हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङवासी हुन् । दाङबाटै चुनाव जितेर कृष्णबहादुर महरा सभामुख बनेका थिए । उनीहरुको चुनावी नारा दाङलाई प्रदेश राजधानी बनाउने भन्ने थियो । तर, प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै दाङवासीले असन्तुष्टि जनाउँदै विभिन्न तरिकाले दबाव सिर्जना गर्दै आएका थिए ।

दाङ जिल्लाको सानो व्यापारिक केन्द्र हो भालुवाङ । यो राप्ती गाउँपालिकामा पर्छ । राप्ती गाउँपालिकाको प्रशासनिक केन्द्र मसुरिया भए पनि व्यापारिक केन्द्र भने भालुवाङ नै हो । चुरे पहाडको फेदमा र राप्ती नदीको किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठान जिल्लासँग जोडिएको छ ।

पूर्व–पश्चिम राजमार्ग हुँदै पूर्वबाट पश्चिमतिर जाँदा अर्घाखाँचीको थोरै भूभाग छिचोलेर दाङ उपत्यकाको भालुवाङ प्रवेश गरिन्छ । राप्ती नदीको पुल पार गरेपछि भालुवाङको अहिलेको मुख्य बजार पुल्चोक टेकिन्छ । यहीँबाट प्युठान हुँदै रोल्पा जाने राजमार्ग छुट्टिन्छ । प्युठान र रोल्पा जाने नाकासमेत हो भालुवाङ ।

प्रदेश ५ सरकारले भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई समेटेर स्थायी राजधानी बनाउने निर्णय गरेको छ । यो प्रस्ताव प्रदेश सभामा दर्ता भइसकेको छ

राष्ट्रिय वनमा भालुवाङ बजार

भालुवाङको खास बजार पहिले पूर्वपश्चिम राजमार्गभन्दा पूर्वपट्टी थियो । रोल्पा, प्यूठानतिरबाट मानिसहरु त्यहीँ किनमेल गर्न आउँथे । तर, जब पूर्वपश्चिम राजमार्ग त्यो बजारभन्दा पश्चिमतिरबाट बन्यो, तब राजमार्गलाई छोएको ठाउँमा नयाँ बजार बस्यो र नयाँ बजारलाई पुल्चोक भन्न थालियो ।

पहिलेको चल्तीको बजार सुक्दै गयो र पुल्चोकमा तीव्र शहरीकरण भयो । अर्बौंका पूर्वाधार बने पनि भालुवाङ बजार कसैको स्वामित्वमा छैन । किनभने, भालुवाङको अहिलेको बाक्लो बजार बसेको स्थान राष्ट्रिय वनको क्षेत्र हो ।

पूर्वपश्चिम राजमार्ग बनेपछि गाडीहरुको चहल–पहल सुरु हुनासाथ मानिसहरुले राष्ट्रिय वन फँडानी गरी त्यहाँ घर बनाएर बस्न थाले । भालुवाङको पुल्चोक क्षेत्रका अधिकांश घरहरु राष्ट्रिय वन क्षेत्रमा बनेका छन् । तर, त्यहाँको जग्गाको लालपूर्जा कसैसँग छैन । भालुवाङ बजारको जग्गालाई सरकारले स्वामित्व नदिए पनि बिजुली, खानेपानी र अन्य सरकारी सुविधा उपलब्ध गराइरहेको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी भन्छन्, ‘लालपूर्जा नभए पनि भालुवाङ बजारमा घर बनाएर बस्ने, व्यापार गर्नेहरु बढीरहेका छन् । सरकारी जग्गामा बन्यो भनेर भत्काउन सकिँदैन ।’

३१ बिघा भन्दा धेरै जग्गामा फैलिएको भालुवाङ बजारमा एक हजार एक सय बढी घरहरु बनेका गाउँपालिका अध्यक्ष सुवेदीको अनुमान छ ।

भालुवाङवासी वर्षौंदेखि भोगचलन गर्दै आएकाले लालपूर्जा दिनुपर्ने माग गर्दै सिंहदरबार धाउने गरेका छन् । तर, त्यसको सट्टा जग्गा वन मन्त्रालयले माग्ने गरेको छ ।

स्थानीय मिलेर बजार क्षेत्रभन्दा केही माथि केही जग्गा उपलब्ध गराउने सहमति पनि गरेका थिए । तर, राजनीतिक खिचातानीका कारण त्यो सम्भव हुन सकेको छैन ।

 

विष्णु पौडेलले अर्थमन्त्री पदसँग राजधानी साटे -

 

         रुपन्देहीबाट प्रतिनिधीसभामा निर्वाचित नेकपाका महासचिव विष्णु पौडेल वुटवललाई प्रदेश राजधानी बनाउनुपर्ने लविङमा थिए । पौडेलको चुनावि नारा पनि  रुपन्देही राजधानी गराउने थियो ।तर, मुख्यमन्त्री शंकर पोखरेल भने दाङलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने पक्षमा थिए । दुवै नेताबीच प्रदेश राजधानीको विषयमा विवाद थियो । उनिहरु दुवै प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रवार भएको छलफलमा दाङलाई प्रदेश राजधानी बनाउने सहमति भएको बताइएको छ । नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने सहमती उक्त वैठकमा भएको र पौडेलले अर्थमन्त्रीसंग प्रदेश राजधानी साटेको आरोप कांग्रेसले लगाएको छ । तर, मुख्यमन्त्री पोखरेलले दुवै अध्यक्षलाई प्रदेश राजधानीका विषयमा सहमत गराएपछि भने पौडेल अफ्ठेरोमा परेका छन् । उनले अहिलेसम्म त्यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङलगायत क्षेत्रलाई समेटेर राप्ती किनारमा राख्ने निर्णय

१६ असोज । 

   प्रदेश ५ सरकारले आफ्नो स्थायी राजधानी दाङको भालुवाङलगायतको क्षेत्रलाई समेटेर राप्ती किनारमा राख्ने निर्णय गरेपछि प्रतिपक्षी कांग्रेसले शुक्रबारदेखि आन्दोलन नै घोषणा गरेको छ । नेकपा सरकारको हठात निर्णय र प्रतिपक्षीको विरोधले प्रश्न जन्माएको छ– प्रदेश ५ को राजधानी बुटवलमै राख्नु उचित छ कि दाङमा ?


प्रदेश ५ को राजधानी बुटवलमा राख्ने कि दाङमा भन्ने विवाद केही वर्ष अघिदेखि नै चल्दै आएको हो । अहिले नेकपा सरकारले दाङमा राजधानी राख्ने निर्णय गरेपछि यो विवाद पुनः सतहमा आएको छ र कांग्रेसका कार्यकर्ताले बुटवलमा सडक तताउन थालेका छन् ।

जहाँ राखे पनि विरोध यो पनि पढ्नुस्

कतिपय राजनीतिक मुद्दाहरु यस्ता हुन्छन् कि जस्तो निर्णय लिँदा पनि विरोध हुन्छ । प्रदेश ५ को स्थायी राजधानीको विषय पनि यस्तै हो । स्थायी राजधानी बुटवलमा राखेको भए दाङमा आन्दोलन हुन्थ्यो, अहिले दाङमा राख्ने निर्णय गर्दा बुटवल आन्दोलित भएको छ । सम्भवतः यो स्थानीयतावादको लक्षण हो ।

प्रदेशको राजधानी बुटवलमै राख्नु उपयुक्त हुन्थ्यो या दाङमा ? यसको जवाफ खोज्नका लागि स्थानीयतावादबाट माथि उक्लेर स्वतन्त्र विश्लेषण गर्नुपर्ने हुन्छ । यसरी हेरियो भनेमात्रै सही निश्कर्षमा पुग्न सकिन्छ ।

प्रदेश ५ मा १२ जिल्ला छन् । ती जिल्लाहरुमा नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, रोल्पा, रुकुम(पूर्व) बाँके र बर्दिया पर्छन् ।

करिब ४९ लाख जनसंख्या रहेको यस प्रदेशको क्षेत्रफल लगभग २२ हजार २७७ वर्ग किमी छ । नक्सामा हेर्दाखेरि दाङको भालुवाङस्थित राप्ती उपत्यकामा तोकिएको राजधानी सबै जिल्लालाई पायक पर्ने गरी प्रदेशको मध्यभागमा पर्छ ।

हेर्नुहोस् नक्साः

नक्साको हिसाबले मात्र होइन, आवत–जावतको हिसाबले पनि बुटवलमा राजधानी राख्दा बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका जनतालाई राजधानीसम्म आउन टाढा पर्छ । तर, भालुवाङ उनीहरुका लागि बुटवलभन्दा नजिक पर्छ ।

अझ, दाङको पनि सदरमुकामतिर नभई अर्घाखाँची, कपिलवस्तु र प्युठानको सीमाक्षेत्रमा पर्ने भालुवाङ क्षेत्रमा राजधानी तोक्दा पश्चिमी जिल्लाका जनतालाई पायक पर्ने देखिन्छ ।

भालुवाङको तुलनामा बुटवलमा राजधानी बनाउँदा पश्चिमी जिल्लाका जनतालाई निकै नै टाढा पर्न जाने देखिन्छ ।

तर, बुटवल नै स्थायी राजधानी हुनुपर्छ भन्ने नेताहरुको तर्कचाहिँ भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौं आवागमनको सहजतालाई हेरिनुपर्ने रहेको छ ।

रुपन्देहीमै घर भएका कांग्रेस नेता बालकृष्ण खाँड भौतिक पूर्वाधार, केन्द्रीय राजधानी काठमाडौं आवागमनमा सहजता, निर्माणाधीन भैहरवा अन्तरराष्ट्रिय विमानस्थल र सुरक्षाको कोणबाट बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त हुने तर्क गर्छन् ।

Sunday, September 27, 2020

सिद्धार्थ गौतम बुद्धले २९ बर्ष विताएको राजा शुद्धोधनको राजधानी तिलौराकोट के-के भेटियो ? विश्व सम्पदा सूचीमा राख्न पहल सुरु

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

Tilaurakot_newscenternepal
सिद्धार्थ गौतम बुद्धले २९ बर्ष विताएको राजा शुद्धोधनको राजधानी तिलौराकोट- फोटो शौजन्यः लुम्बिनी विकासकोषका कार्यकारी सदस्य राजेश ज्ञवाली ।।

सन् १९९६ मा सरकारले विश्व सम्पदा सुचीमा राख्नका लागि प्रयास गर्न सकिने भनेर देशका सात स्थानलाई छनोट गर्यो । त्यसयताका २४ वर्षसम्म यस कार्यमा सिन्को पनि भाँचिएन । अहिले आएर बल्ल ती सातमध्येको एक तिलौराकोटलाई सुुचीमा सूचीकृत गर्नका लागि सरकारले तयारी थालेको छ ।

चालु आर्थिक वर्षको बजेटमा समावेश गरेर सरकारले सूचीकरणको प्रकि्रयामा जाने पहल गरेको हो । यो प्रक्रियाअनुसार पहिले नामाङ्कन, त्यसपछि त्यो क्षेत्र विश्व सम्पदामा सूचीकृत हुनुपर्ने आधार, त्यस क्षेत्रमा हुने वा हुन सक्ने व्यवस्थापनका तरिका लगायतका विवरणहरूसमेत युनेस्कोमा बुझाउनु पर्छ ।

प्रस्ताव गरेको एक वर्षमा नै लुम्बिनी विश्व सम्पदाको रूपमा सूचीकृत भएको थियो । तिलौराकोटलाई त्यतिबेला सम्भावित विश्वसम्पदामा सूचीकरण गरेको सरकारले थप प्रमाणहरू संकलन गरेर फेरि प्रकि्रया अघि बढाउन लागेको हो । सन् १९९१ को एउटा व्यवस्था अनुसार कुनै पनि मुलुकले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न कम्तीमा एक वर्ष पहिले नै सम्भावित विश्वसम्पदा सूचीको रूपमा युनेस्कोमा नाम टिपाउनु पर्ने हुन्छ । १९९६ सालमा पनि नेपालले तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा सूचीकरण गरेर यसको प्रमाण संकलन कार्य सुरु गरेको थियो ।

सन् १९९६ सालमा प्रस्ताव गर्दाको तुलनामा अहिले तिलौराकोटका बारेमा धेरै प्रमाण संकलन भइसकेको छ । प्राचीन शुद्धोधनको दरबार अहिलेको तिलौराकोट नै हो भन्ने धेरै प्रमाण संकलन गरिसकेको भए पनि यसको प्रकि्रया नै लामो रहेको पुरातत्व विभागका अधिकारीहरू बताउँछन् ।

प्रस्तावित विश्वसम्पदालाई युनेस्कोको सूचीमा सूचीकृत गर्न ६ किसिमका अपरेसनल गाइडलाइन्स छन् । जसमा सम्पदा अद्वितीय नमुनायुक्त स्थल भएको हुनुपर्ने, कुनै कालखण्डमा मानिसले सिर्जना गरेको वा प्रकृतिसँग मिलेर मानिसले सिर्जना गरेको सम्पदा हुनुपर्ने वा त्यस्ता सम्पदा मान्छेसँग प्रत्यक्ष जोडिएको हनुपर्ने जस्ता गाइडलाइन्स तोकिएको छ । यी ६ बुँदामध्ये कम्तीमा एउटा पूरा भएको हुनुपर्छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर विश्वसम्पदा सूचीमा सूचीकृत हुनको लागि अहिलेबाट सुरु गर्ने हो भने कम्तीमा पनि ४ वर्ष लाग्ने बताउँछन् । उनका अनुसार स्थानीयसँगको अन्तक्रिया, स्थानीय सरकारहरूको सहमति लगायत सबै प्रक्रिया पूरा गरेपछि मात्रै युनेस्कोले प्रस्ताव स्वीकार गर्ने गर्छ ।

त्रिविको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख मदनकुमार रिमाल पछिल्लो एक दशकदेखिको उत्खनन्बाट प्राचीन शुद्धोधनको दरबार अहिलेको तिलौराकोटमा नै हो भन्ने प्रमाण मिलिसकेको बताउँछन् ।

उत्खननबाट प्राप्त प्रमाण

आधिकारिक रूपमा सार्वजनिक नगरिएको भए पनि झण्डै एक दशक लामो उत्खनन्ले प्राचीन कपिलवस्तु राज्यको राजधानी वा शुद्धोधनको दरबार हाल कपिलवस्तु जिल्लाको तिलौराकोटमा नै थियो भन्ने तथ्य लगभग पुष्टि गरिसकेको छ । युनेस्कोले माग गरेको ६ वटा गाइडलाइनमध्ये आफूसँग भएको प्रमाण जुन गाइडलाइनसँग मिल्छ त्यसैसँग मिलाएर प्रस्ताव गर्न सकिने कुँवर बताउँछन् ।

मानवबस्तीको कुल १४ वटासम्म तह भेटिएको तिलौराकोटमा बुद्धभन्दा ५ सय वर्ष पहिलेसम्मका प्रमाणहरू पाइएको छ । तिलौराकोटको उत्खनन्मा सबैभन्दा पुरानो प्रमाण भनेको खैरो रंगका माटोका भाँडा र रातो रंगका माटोका भाँडा हुन् । ती भाँडाहरू ईसापूर्व ११ औं शताब्दीदेखि ईसापूर्व आठौं शताब्दीसम्मको मानिएको छ ।

पीसी मुखर्जीले तिलौराकोटमा पहिलो पटक सन् १८९९ फेब्रुअरी ३ मा वैज्ञानिक उत्खनन गरेर प्राचीन यो कोटलाई शाक्य राजधानीको रूपमा पुष्टि गरेका थिए । उनले यो दरबार क्षेत्र दक्षिणदेखि उत्तरसम्म १,६०० फिट -४८७.६८ मिटर) र पूर्वदेखि पश्चिमसम्म १,००० फिट -३०४.८ मिटर) सम्म फैलिएको उल्लेख गरेका थिए । उत्तरबाट दक्षिणतर्फमा पर्खालको नाप ५०० मिटर रहेको, किल्लालाई घेरिएको र्‍याम्पार्टहरूमा सुदृढ रूपमा १२/८/२ इन्च आकारका इँटाहरु पाइएको र भित्ता १०/१२ फिट चौडाइको रहेको उत्खनन्को क्रममा पाइएको छ । बौद्ध धर्मशास्त्रले यसको उचाइ १८ फिटको रहेको उल्लेख गरेको छ ।

सबै दिशामा सुरक्षा पर्खालहरुको वरिपरि एउटा गहिरो खाडलको डिजाइन गरिएको थियो । यसले दरबारको मजबुत रक्षा प्रणालीलाई इंगित गरेको छ । मानिसलाई त्यो नहर तरेर आवतजावत गर्नका लागि पुलको व्यवस्था गरिएको थियो ।

प्रत्येक दिशामा सुदृढ पर्खालको साथमा चारवटा फाटकहरू रहेको समेत पत्ता लागेको छ । चारवटा फाटकमध्ये पुरातत्वविद्हरूले अहिलेसम्म दुईवटाको मात्रै खोजी गरेका छन् । पश्चिमी ढोका इँटा, इँटब्याट्स, काठ र फलामका सामग्रीहरुले बनेको पाइएको छ । एकपछि अर्काे ढोकाअनुसार यो मिलेर बसेको छ । पुरातत्वविद् टीएन मिश्रले गेटवे निर्माणका तीन चरणहरूको बारेमा बताएका छन् । उनले पहिलो र दोस्रो लेयरको समय ईपू दोस्रो र पहिलो शताब्दीको रहेको मानेका छन् ।

पी. सी. मुखर्जीले सन् १८९९ मा पूर्वी ढोका पत्ता लगाएका थिए । उनले ढोकाको नजिकै रहेको एक विशाल वर्गाकार भवनको बारेमा उल्लेख गरेका छन् । जुन माथि ढाकिएको छैन । पूर्वी किल्ला पर्खालहरुको बीच भाग, जसलाई बुद्धको महाभिनिस्क्रमनद्वार वा मंगल द्वार भनेर चिनिन्छ । त्यही ढोका हो जहाँबाट राजकुमार सिद्धार्थ राजदरवारबाट बाहिर निस्किएका थिए ।

कन्थक स्तुपा

मूल ढोकाको १०० मिटर पूर्वमा एक स्तुप रहेको छ । जसमा राजकुमार सिद्धार्थको मनपर्ने घोडा कन्थकको मृत्यु भएको विश्वास गरिन्छ । त्यही घोडाको अस्तु राखेर त्यहाँ स्तुप निर्माण गरियो । एनोमा नदी पार गरेपछि सिद्धार्थले आˆनो कपाल खौरिएर औपचारिक रूपमा भिक्षुको संसारमा प्रवेश गरेका थिए । त्यहीँबाट उनले घोडालाई पनि फिर्ता पठाइदिए ।

यसको उद्देश्य बोधिसत्वलाई विलासिताको संसारबाट बाहिर निकाल्नु र सही ज्ञान प्राप्त गर्न सहयोग गर्नु थियो । उनले आफ्नो सारथि छन्दक र घोडा कन्थकलाई फिर्ता पठाए । घोडाले आफ्नो निहित उद्देश्य पूरा गरिसकेको थियो । त्यही कारणले पनि ऊ दरबारको प्रवेशद्वारमा प्रवेश गर्नुअघि आफ्नो प्राण त्याग गर्यो भन्ने विश्वास छ । पुरातात्विक उत्खनन्बाट यो स्तुपको समेत ऐतिहासिकता पत्ता लागेको छ ।

पूर्वोत्तर पोखरी

एक विशाल मानव निर्मित पोखरी दरबार क्षेत्रको उत्तरपूर्वी कुनामा अवस्थित छ । पुरानो पोखरी शाक्य राजदरबारको आनन्दका लागि निर्माण गरिएको हुन सक्ने विश्वास गरिन्छ । यो पनि परिकल्पना गरिन्छ कि दरबारको दक्षिणतर्फ पनि अर्को पोखरी छ । मुखर्जीले तिलौराकोट उत्खननको क्रममा धेरै पोखरीहरूको बारेमा उल्लेख गरेका छन् । ललित विस्तराले शुद्धोधनको दरबारमा थुप्रै पोखरीहरू रहेको उल्लेख गरेका छन्् । तर पुरातात्विक उत्खनन्मा भने धेरै पोखरी भेटिएको छैन ।

समईमाई मन्दिर

समईमाई मन्दिरमा वनदेवीको स्थान छ । किल्लाको उत्तर पश्चिमी भागमा सो मन्दिरको पूरक अंश भेटिएको छ । यस मन्दिरमा बौद्ध साहित्यहरूमा उल्लेख गरिएअनुसार शाक्य वंशका सदस्यहरूले पूजा गरेको जस्तो लागेका पुरानो शिल्पकलाका टुक्राहरू पाइएको छ । ललित विस्तरामा शाक्य दरबारको परिसरमा मन्दिरहरू र प्रारम्भिक चिनियाँ तीर्थयात्रीहरूको यात्रा विवरणहरूमा समेत यसबारेमा उल्लेख गरिएका छन् ।

दरबार क्षेत्र

जापानी पुरातत्वविद्हरूले नाकामुराको नेतृत्वमा किल्लाको उत्तर पश्चिमी भागमा दरबार जस्तो भग्नावशेषको खोजी गरेका थिए । जसलाई उनीहरूले पुरानो शाक्य दरबारको उत्तरी भाग हुन सक्ने अनुमान गरेका थिए । यसमा यस्तो खुलासा पनि गरिएको थियो कि यो सानो भए पनि सम्भवतः दरबारको मुख्य भवनको एक हिस्सा हो । यद्यपि यसका शाखाहरू शाक्य राजवंशसँग सम्बन्धित छन् ।

धातु कार्यशाला

टिएन मिश्रले दक्षिणी रक्षा पर्खाल नजिक एक धातु कार्यशाला समेत फेला पारेका थिए । उनका अनुसार, कार्यशालालाई हतियार, कृषि औजार र घरेलु भाँडा बनाउने काममा प्रयोग गर्ने गरिएको थियो । कार्यशाला नजिकै धातु वस्तुहरू फेला परेका छन् । तिनीहरूमा दुई ठूला पानी संकलन स्थलहरू, तामाको भाँडाका टुक्राहरू, प्रारम्भिक तामाका सिक्काहरु, दुई फलामका उपकरण समेत पाइएका छन् ।

यस इलाकामा हतियार कारखाना र सिक्का, हतियार प्लान्ट आदिको खोजले यो शाक्यहरुको राजधानी सहर हो भन्ने धारणालाई बल मिलेको छ ।

प्राचीन सडकहरू

मिश्रले छैटौं वा सातौं शताब्दी ईसापूर्वबाट सुरू भएर दोस्रो शताब्दी ईसासम्मका पुराना सडकहरु समेत उत्खनन्को क्रममा पत्ता लगाएका छन् । केही सडकमा दुवैतर्फ ढुंगाको किनारा छ । केही सडकमा आठ ईन्च सोलिंग गरिएका फलामका स्ल्यागहरु समेत भेटिएको छ । वरपर यस्तो सुधारिएको सडकले समेत संकेत गर्छ कि यो ठाउँ एकदम शक्तिशाली राज्यको राजधानी थियो ।

माटोका भाँडाहरू

माटोका विभिन्न किसिमका भाँडाकुँडाहरू तिलौराकोटमा फेला परेका छन् । छैठौं शताब्दी ई.पू.देखि सुरु भएर आठौं शताब्दी ईसासम्मका पेन्टेड ग्रे वेयर, नर्दन ब्ल्याक पोलिस वेयर (एनबीपी वेर), कालो र रातो माटाका भाँडाहरू आदि भेटिएका छन् ।

टेराकोटा मूर्तिहरू

मानवमूर्तिहरू, पशुमूर्तिहरू, खेलौना गाडाहरू र खेलौना सामग्रीहरु, तिलौराकोटबाट देवला मित्राले पत्ता लगाएकी थिइनन् । यी मूर्तिहरू मौर्य, शुंग, कुषाण कालका थिए ।

सिक्काहरु

मिश्रले चाँदी र तामाको पञ्चचिहृनित सिक्का, प्रारम्भिक कास्ट सिक्का इत्यादि तिलौराकोटबाट संकलन गरेका थिए । विभिन्न कालखण्डका विभिन्न आकारका सिक्का उत्खनन्को क्रममा फेला परेको थियो । सिक्कामा मुख्यतया तामाका वस्तुहरू धेरै थिए । यी सिक्काहरुले प्रमाणित गर्दछ कि शाक्य राज्यमा व्यवस्थित व्यापार र समृद्धि थियो ।

पुरातात्विक अध्ययन किन ?

जतिबेला भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा भएको हो भनेर लेखिएको शिलास्तम्भ पाइयो, त्यसपछि उनको दरबारको खोजी हुन सुरु भयो । त्यसको लागि सबैभन्दा पहिले साहित्यिक स्रोतको नै सहयोग लिनु सहज थियो ।

बौद्धग्रन्थ दीग्घ निकायले कपिलवस्तु हिमालयको काखमा दिव्यवदानले भागिरथी नदीको किनारामा भएको उल्लेख गरेको छ । त्यस्तै, जातक कथाहरूले कपिलवस्तु सातवटा पर्खालले घेरिएको र ती पर्खालहरू १८ फिटसम्म अग्ला रहेको उल्लेख गरेको छ । कपिलवस्तुको दक्षिणमा कुशिनगर, पश्चिममा राप्ती नदी र पूर्वमा रोहिणी नदी भएको चर्चा पनि साहित्यिक स्रोतमा पाइएको छ ।

त्यस्तै, ईश्वी संवत् ४०३ मा कपिलवस्तु आएका चिनियाँ तीर्थयात्री फाइयानले उजाड बन्दै गएको कपिलवस्तु लुम्बिनीबाट ५० माइलको दुरीमा रहेको उल्लेख गरेका छन् । त्यस्तै, त्यसको झण्डै साढे २ सय वर्षपछि ईश्वी ६३६ मा कपिलवस्तु आएका भौगोलिक दूरताका ज्ञाता हृवेनसाङले कपिलवस्तु लुम्बिनीबाट ३० माइलको दुरीमा रहेको बताएका थिए । उनले नै साढे २ माइलमा फैलिएको कपिलवस्तु नगरको वरपर सुरक्षा पर्खालले घेरिएको उल्लेख गरेका थिए ।

यी सबै प्रमाण हुँदाहुँदै पनि यकिन ठाउँ पत्ता नलागेका कारण तत्कालीन शुद्धोधनको दरबार यही ठाउँमा हो भन्ने वैज्ञानिक आधार भएन । त्यसैले विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपूर्व त्यहाँ वैज्ञानिक विधिबाट उत्खनन् गरिएको थियो ।

-साभार अनलाइनखबर

Thursday, September 19, 2019

२२ वर्षदेखि वेपत्ता व्यक्ति गुगलमार्फत फेला

अमेरिका ।
 एक व्यक्तिले २२ वर्षदेखि वेपत्ता रहेका एक व्यक्तिलाई गुगलको सहायताले पत्ता लगाएका छन् ।

Sunday, May 12, 2019

कृषिमन्त्री कै गृह जिल्लाबाट अवैध मल बरामद, दुई ट्रक सहित १३२ टन मल नियन्त्रणमा

कृषिमन्त्री कै गृह जिल्लाबाट अवैध मल बरामद, दुई ट्रक सहित १३२ टन मल नियन्त्रणमा

२९ वैशाख,कपिलवस्तुरसायनिक मलको देशैभर हाहाकार मच्चिरहेको बेला कपिलवस्तुमा १ सय ३२ टन चाईनिज युरिया मल फेला परेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालकै गृह जिल्लाको पश्चिमी क्षेत्र शिवराज नगरपालिका– ७ स्थित २ वटा प्लाई उड उद्योगमा झार्न लागेको मल स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । अनुदानको मल दुरुपयोग गरेर उद्योगमा शनिवार बिहान ट्रकबाट झार्न लागिएको अवस्थामा सो मल फेला पारिएको हो ।जिल्ला प्रहरीले सो मल सहीत ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले पशुपति प्लाई र जय अम्बे प्लाई उद्योग परिसरबाट ६ वटा भारतीय मालबाहक ट्रक सहीत सो मल नियन्त्रणमा लिइएको हो । कृषि प्रयोजनका लागि प्रयोग हुने चाईजिन युरिया मल ती दुई उद्योगमा भित्राईएको बिशेष सुचनाका आधारमा स्थानीय प्रशासनकोउद्योगका संचालकहरुलाई सो बिषयमा फाईल र आवश्यक कागजातहरु सहीत प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिईएको प्रजिअ पोख्रेलले बताए । ती दुबै उद्योगमा ५० केजीका १३ सय २० बोराका दरले मल भित्राईएको हो । पशुपति प्लाई उद्योगमा एनएल ०१ एबी ५४४८, एनएल ०१ एबी १७३८ र डब्लु बि ११ टी ७००५ नम्बरको मालबाहक ट्रकमा मल ल्याईएको थियो ।यस्तै जय अम्बेमा एनएल ०१ जी ७५१२, एनएल ०१ जी ६२१२ र एनएल ०१ एबी १७४८ नम्बरको मालबाहक ट्रकमा मल भित्राईएको थियो । ईलाका प्रशासन चन्द्रौटाका प्रमुख अर्याल अनुसार जय अम्बेमा ट्रकबाट ४ सय ४० बोरा र पशुपतिमा ६ सय बोरा मल गोदामामा झरि सकिएको थियो । मल राखिएको गोदाममा शीलबन्दी गरिएको उनले बताए । झर्न बाकी रहेको मल र ट्रकलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा नियन्त्रणमा राखिएको उनले बताए ।उता पुशपति प्लाईका संचालक अशोक अग्रवालले आफुहरुले सबै प्रकृया पुरा गरेर चिनको संघाईबाट भारतका कलकत्ता हुँदै सुनौली नाकाबाट सो चाइनिज मल ल्याएको दाबी गरे

निर्देशन पछि मल नियन्त्रणमा लिईएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जगदीश अर्यालले बताए ।

Tuesday, March 19, 2019

कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरीमा इटा प्रहार गरी बृद्धको हत्या ।

कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरीमा  इटा प्रहार गरी बृद्धको हत्या ।

                                                                                   चैत ६,कपिलवस्तु ।
      कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरीमा एक बृद्धको हत्या भएको छ । पिपरी बस्ने बर्ष ७० का त्रिवेणी यादवको हत्या भएको हो । गएराती करिब ३ बजेतीर त्रिवेणीको हत्या भएको आशांका गरिएको छ । पिपरी घर भएका त्रिवेणी केही बर्ष देखी पिपरी चोकमा रहेको गणपती पेट्रोल पम्प अगाडी विरपुर स्वास्थ्य चौकी नजिकै घर बनाई बस्दै आएका थिए । त्रिवेणीको टाँउको र अनुहारमा इटा प्रहार गरी हत्या गरिएको छ । आफ्नै ओछ्यानमा सुती रहेको अवास्थामा उनीमाथी इटा प्रहार गरी विभत्स हत्या गरिएको हो । त्रिवेणीको शब नजिकै अवधी भाषा लेखीएको एक पत्र पनि भेटीएको छ । पत्रमा आर्थिक लेनदेनको विषय रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्ययले जानकारी दिनु भयो । आज विहान स्थानिय छेदी चौधरीले उनको हत्याभएको देखीपछी प्रहरीलाई खबर गरेका थिए । हत्यबारे अनुसान्धन भैरहेको प्रहरीले जनाएको छ । हत्यको विषयमा सत्य तथ्य अनुसान्धन गरी दोषीलाई पक्राउ गरी कडा कार्वाही गर्न उनका परिवारले माग गरेका छन ।

कपिलबस्तुमा पहिलो पटक निग्रोधाराम उत्सव हुने भएको छ ।।

                                                                    कपिलबस्तुमा पहिलो पटक निग्रोधाराम उत्सव हुने भएको छ ।।
सोमबार, चैत ४, २०७५,
      भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरे पछि आफना मातापितालाई भेट गरेको स्थान निग्रोधाराम(कुदान) मा पहिलो पटक निग्रोधाराम उत्सव हुने भएको छ ।
उत्सवलाई प्रदेश नं. ५ का पर्यटन मंत्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको लुम्विनी विकास कोषले जनाएको छ

कपिलवस्तुको वनकासवासाका अग्नी प्रभावीतलाई नेपाली काँग्रेस कपिलवस्तु द्धारा ५० हजार बराबरको जस्तापाता वितरण ।।

कपिलवस्तुको वनकासवासाका अग्नी प्रभावीतलाई नेपाली काँग्रेस कपिलवस्तु द्धारा ५० हजार बराबरको जस्तापाता वितरण ।। 
नवराज पौडेल 
चैत ३ गते आईतबार

        कपिलवस्तुको शिवराज नगरपालीका १ वनकसवासामा आगलागीवाट विच्चलीमा परेका अग्नी पिडीतहरुलाई नेपाली काँग्रेस कपिलवस्तुले राहत वितरण गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति एवंम पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चाय सहितको टोली पुगेर राहत वितरण गरेको हो ।आगलागी भएपछि वस्ने खाने ग्यारेन्ण्टी नभएका

Sunday, March 17, 2019

कपिलवस्तुको शिवराज मा गर्भवती पहिचानका लागी घरमा निलो झण्डा राखिने


कपिलवस्तुको शिवराज मा गर्भवती पहिचानका लागी घरमा निलो झण्डा राखिने  
       अराज बेल्बासे ,कपिलबस्तु चैत २ गते
               कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा सहजै गर्भवतीको घर पहिचानका लागि झण्डा राखिने भएको छ । बालमैत्री असल शासन वडा घोषणामा सहयोगका लागि यस्तो अभियान संचालन गर्न लागिएको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले बताउनु भयो ।

कपिलवस्तु वनकसवासाका अग्नी पिडितलाई राहत

कपिलवस्तु चैत्र २
कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासामा आगलागीवाट विच्चलीमा परेका अग्नी पिडीत परिवारलाई राहत वितरण गरिएको छ । नेपाल तरुण दल कपिलवस्तुले राहत वितरण गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलर नेपाल विद्यार्थी सघं जिल्ला कार्यसमिति कपिलवस्तुले गएराती घटनास्थल वनकासवासा पुगेर राहत वितरण गरेको हो ।

Friday, March 15, 2019

सरकारको एक वर्षे उपलब्धी शुन्यः काँग्रेस नेता पौडेल

कपिलवस्तु चैत्र १ ,
नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले बर्तमान सरकारको एक वर्षे उपलब्धी शुन्य भएको बताउनु भएको छ । अधिनायकबादी चिन्तन हावी भएपछि सरकारले एक वर्ष त्यसै खेर फालेको नेता पौडेलले सरकारको खरो अलोचन गर्नुभयो । आम जनतालाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले नेपालको संविधान तथा कानुनको खिल्ली उडाउने काम गरेको पौडेलले अरोप लगाउनु भयो ।

कपिलवस्तुको चन्द्रौटामा नेपाली कांग्रेस शिवराज नगर समितिले अयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाले अहिलको सरकार कुरामा मात्र सिमित भएको बताउनु भयो ।

Wednesday, March 6, 2019

टीकापुर हत्याकाण्डः रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

    टीकापुर हत्याकाण्डः रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला



फागुन २२, २०७५ बुधबार 
कैलाली –
                 जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश परशुराम भट्टराईको इजलाशले २०७२ भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई २०–२० वर्ष कैद गर्ने फैसला गरेको हो । 

क–कसलाई सुनाइयो जन्मकैदको फैसला ?